एनआरएन स्पेन निर्वाचन: आईसिसि सदस्यमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदै



न्युज अफ नेपाल, स्पेन ।

गैरआवासीय नेपाली संघ स्पेनको अन्तराष्ट्रिय समन्वय समिति सदस्य पदका लागि जुलाई २६ तारिक हुन गैरहेको आगामी कार्यकालको निर्वाचनमा आइसिसि सदस्यमा दिनेश कुमार गिरी, यज्ञनारायण पौडेल (रमेश आसिक) को पक्षमा ब्यापक जनमत बढेको छ ।

सातौँ अधिवेशनमा होमिएका दिनेश कुमार गिरी, यज्ञनारायण पौडेल (रमेश आशिक) र प्रकाश तिमिल्सिना प्रतिस्पर्धामा छन् भने पौडेल र तिमिल्सिनाको कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एनआरएनए स्पेनको अध्यक्षमा आकाङ्क्षी उपाध्यक्ष उत्तर कुमार राई, दिनेश गिरी र वर्तमान कार्यसमितिका सदस्य शालिकराम डुम्रे प्रतिस्पर्धामा होमिका थिए भने गिरीले सहमतिका लागि आफु बाधक नहुने भन्दै राईलाई समर्थन गर्दै आफु आईसिसिमा उमेदवारी दिएको दावी गरेका छन् । स्पेनिस मजदुर संगठन (युजिटि) दुई-दुई कार्यकाल सफलता पुर्वक नेतृत्व गरेका सहयोगी भावनाका उमेदवार भएकै कारण र नेपाल अनि नेपालीहरु प्रति अन्याय नहुने भएकाले समर्थन गरेर आईसिसिमा उमेदवारी दिएको गिरी बताउछन् । गिरी भन्छन् ,’ समाज परिवर्तनका लागि हट र दम्भ त्याग्न नसक्दा निर्वाचन प्रक्रियामा जानु परेको अहिलेको यो कोभिडको अवस्था जानु भनेकै दुखद् रहेको छ ।’गिरी थप्छन् ‘सबै म मात्र होईन,हामी भनौ समाजका लागि त्यागको पनि भावना हुनुपर्छ ।’ गिरी बार्शिलोनाका एक सफल ब्यवसायी तथा  सामाजिक अभियान्ता समेत हुन ।

एनआरएनए स्पेनको २ हजार २० पञ्जिकृत सदस्य पुगेकोले स्पेनले पाउने २ जना आइसिसि सदस्यका लागि गिरी र पौडेल सबैभन्दा उपयुक्त उमेद्वार भएको स्पेनबासी नेपालीहरुको बीचमा चर्चा चल्न थालेको छ । एनआरएन स्पेनको छविलाई अन्तराष्ट्रिय रुपमा राम्रो बनाउन महत्वपुर्ण आइसिसि सदस्य पदमा गिरी र पौडेल दुवैजनालाई निश्पक्ष, विवाद रहित तथा सक्षम उमेद्वारको रुपमा लिन थालिएको छ । आइसिसि पदको लागि भोट अपिल गर्दै दुवै जना उमेद्वारहरु अहिले एकैसाथ स्पेनका विभिन्न क्षेत्रहरुमा पुगिरहहेका छन् ।

एनआरएन स्पेनको वर्तमान कार्यसमितीको उपाध्यक्षमा रहनुभएका गिरीले यसअघि २०१७ मा एनआरएन स्पेनको सचिव हुँदा कार्यबहाक महासचिवको जिम्मेवारी समेत निभाउनुभएको थियो । नेपालको रामेछापमा जन्मिएर २००८ सालमा स्पेन आउनुभएका गिरी छोटो समयमै एक सफल ब्यबसाय र सामाजिक अभियन्ताका रुपमा परिचित हुनुका साथै शान्त स्वभावका कारणले गर्दा सबैको सामु लोकप्रिय बनेका छन् । उनले विभिन्न समयमा एनआरएन स्पेनमा खेलकुद संयोजक र आपतकालिन ब्यबस्थापन संयोजकको रुपमा उदाहरणीय कामहरु पनि गर्दै आएका छन् ।

यस्तै बौद्धिक तथा सामाजिक ब्यक्तित्वका रुपमा स्पेनमा आफ्नो छुट्टै छवि बनाएका यज्ञ नारायण पौडेललाई पनि जनसम्पर्क समितिको एक पक्षले सहयोग गर्ने र बार्शिलोनामा धेरैले मन पराएका छन् । उनलाई साहित्यीक लेखनमा रमेश आशिक भनेर धेरैले चिन्ने गरेका छन् । पौडेलले आइसिसि सदस्य पदमा धेरैले यो पालि उठ्नुपर्ने दवाव दिएर नै सामाजिक अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए पछि चुनावी मैदानमा आएको चुनाव प्रचार-प्रचार अभियानमा बताएका छन् । आफु आइसिसी सदस्य भैईसकेपछि एनआरएन केन्द्रसँग समेत सहकार्य गरेर रतनात्मक सामाजिक गतिविधि गर्ने उनले बताए। पौडेलले भने,’ स्पेनबासी नेपालीलाई पर्ने कानुनी समस्या समाधान गर्नका लागि कानुनी परामर्श केन्द्रको ब्यबस्थापन गर्ने योजना रहेको छ ।’

पौडेलको समाज प्रतिको निरन्तर सामाजिक सक्रियतामा ज्ञान, सीप, अनुभव र नेपालीहरुको सामाजिक मागहरुको सम्योजन गर्दै आफूलाई सामाजिक कार्यमा केही समय समर्पण गराउने दृढ अठोट बोकेर एनआएएनए स्पेनको आइसीसी पदमा उमेद्वारी दिएको दावी गरेका छन् ।उनी गैरआवासीय नेपाली संघ स्पेनको वर्तमान सल्लाहकार समेत हुन ।

प्रतिक्रिया दिनुहोस्