पोर्न स्टारको रहस्यमय मृत्यु



चर्चित अमेरिकी वयस्क फिल्म अभिनेत्री डेलिया स्काईको रहस्यमय मृत्यु भएको छ। ३२ वर्षीया उनको अमेरिकाको लस एन्जलसमा एक कारमा मृत अवस्थामा शव बरामद भएको फक्स न्युजले जनाएको छ।

समाचारमा प्रहरी अधिकारीहरूका अनुसार पोर्न स्टार डेलियाको शरीरमा गोलीको निशाना समेत रहेको छ। उनले आफूले आफैलाई गोलीहानेर आत्महत्या गरेको हुन सक्ने अनुमान लगाइए पनि हालसम्म घटनाको सत्य तथ्य भने पत्ता लागेको छैन। स्तन क्यासरसँग लड्दै आएकी उनले करिब ६ सय वयस्क फिल्ममा काम गरेकी थिइन्।

उनले उत्कृष्ट अभिनयका लागि अवार्ड समेत हात पारेकी थिइन्।समाचारअनुसार आफूलाई क्यान्सर रोग लागेको पत्तालागेपछि उपचाररत उनीतनावमा देखिने गर्थिन्। उनको हेरचाह र उपचारमा उनका केही साथीले सहयोग गर्दै आएका थिए। उनी २१ वर्षको उमेरमा एक एजेन्टको अफरपछि वयस्क फिल्ममा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्