११ राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज



न्युज अफ नेपाल, काठमाडौं ।

देउवा नेतृत्वको सरकारले ओली नेतृत्वको सरकारले गरेका विभिन्न देशका राजदूत नियुक्तिसम्बन्धी निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गरेको भन्दै तत्कालीन सरकारको राजदूतसम्बन्धी निर्णय खारेज गरेको हो ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा गरेको राजदूत नियुक्ति खारेज गर्ने जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानमारलगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्