चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता



दमासकस ।

चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताउनुभएको थियो ।

त्यस अवसरमा सिरियामा शान्ति र यहाँको विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताउनुभएको हो । सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेका भन्दै उहाँले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राख्नुभएको थियो ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्