विश्वकै सबैभन्दा अग्लो घोडाको मृत्यु



पोयनेटे, (एजेन्सी) । 

अमेरिकाको विस्कोन्सिनमा हाल विश्वकै सबैभन्दा अग्लो घोडाको मृत्यु भएको छ । पोयनेटेस्थित स्मोकी होलो फार्ममा बस्ने २० वर्षीय सो घोडालाई बेल्जियम नाम ‘बिग जेक’ राखिएको थियो ।

यस फार्मका मालिक जेर्री गिल्वर्टका पत्नी भ्यालिसिया गिल्वर्टले घोडाको मृत्युको कारण आफूहरू निकै मर्माहत भएकाले उनको मृत्यु भएको यकिन दिन बिर्सेको तथा सम्भवतः दुई साताअघि त्यो दुःखद् घटना भएको हुनुपर्ने बताएकी छन् ।६ फुट १० इन्च अग्लो बिग जेकको वजन एक हजार एक सय ३६ किलोग्राम थियो ।

सन् २०१० मा गिनिज बुक अफ वल्र्ड रेकर्डसले बिग जेकलाई विश्वकै सबैभन्दा अग्लो घोडा भएको प्रमाणित गरेको थियो । जेर्री गिल्वर्टले नेब्रास्कामा जन्मेका यस घोडो जन्मिदा अन्यको तुलना निकै धेरै तौलका अर्थात् एक सय ९ किलोग्रामको भएको बताएका छन् ।अब उक्त घोडाको सम्झनामा त्यसको तबेला सफा हालतमा संरक्षित गरेर त्यहाँ त्यसको तस्वीर टाँँगिने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्