सबैभन्दा अग्लो घोडाको मृत्यु



पोयनेटे, (एजेन्सी)

अमेरिकाको विस्कोन्सिनमा हाल विश्वकै सबैभन्दा अग्लो घोडाको मृत्यु भएको छ । पोयनेटे स्थित स्मोकी होलो फार्ममा बस्ने बिस वर्षिय सो घाडालाई बेल्जियम नाम ‘ बिग जेक ’ राखिएको थियो ।

यस फार्मका मालिक जेर्री गिल्वर्टका पत्नी भ्यालिसिया गिल्वर्टले घोडाको मृत्युको कारण आफुहरु निकै मर्माहत भएकाले उनको मृत्यु भएको यकिन दिन बिर्सेको तथा संभवत दुई साता अघि त्यो दुखद घटना भएको हुनुपर्ने बताएकीछन् ।

६ फुट १० इन्च अग्लो बिग जेकको वजन १ हजार १ सय ३६ किलोग्राम थियो । सन् २०१० मा गिनिज बुक अफ वल्र्ड रेकर्डसले बिग जेकलाई विश्वकै सबैभन्दा अग्लो घोडा भएको प्रमाणित गरेको थियो ।

जेर्री गिल्वर्टले नेब्रास्कामा जन्मेका यस घोडो जन्मिँद अन्यको तुलना निकै धेरै तौलका अर्थात १ सय ९ किलोग्रामको भएको बताएका छन् । त्यसको तवेला सफा हालतमा संरक्षित गरेर त्यहाँ त्यसको तस्वीर टाँगिने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्