कण्डम नलगाएकोे अभिव्यक्ति दिने टिकटक स्टार विवादमा



म्याड्रिड, (एजेन्सी)। 

स्पेनी सामाजिक सञ्जालका चर्चित व्यक्तित्व, गायक तथा टिकटकमा दुई करोड ६० लाख फलोअर बनाउन सफल एक किशोरले गरेको यौन प्रतिक्रियालाई लिएर व्यापक रूपमा तीव्र आलोचना हुन थालेका छन् । उनले आफ्नो परिवार नियोजन गरिएका भन्दै यौन पार्टनरहरूसँग आफूले बिना कण्डम यौन सम्पर्क राख्ने गरेको तथ्य सार्वजनिक गरेपछि उनको आलोचना हुन थालेको हो ।

ट्विटर र स्पेनी मूलधार सञ्चार माध्यममार्फत अधिकांश आक्रोशित महिला तथा बालिकाहरूले १९ वर्षीय नाइम दार्रेचीको अभिव्यक्तिको आलोचना गरेका छन् । आफ्नो निकै विरोध हुन थालेपछि उनले पछि इन्स्टाग्राममार्फत भनेका छन् – ‘म साँच्चै क्षमाप्रार्थी छु । मैले त्यो कुरा खाली ख्याल–ख्यालमा मात्र भनेको हुँ ।’स्पेनको लंैगिक समानता मन्त्री इर्ने मोन्टेर्रोले कानुनविद्हरूलाई दार्रेचीमाथि अनुसन्धान गर्न अनुरोध गरेकी छन् । मोन्टेर्रोले ट्विटरमार्फत भनेकी छन् – ‘दार्रेचीले कतै सत्य कुरा नै पो भनेको हो कि भन्ने विषयमा वकिलहरूलाई छानबिन गर्न आग्रह गर्दछु । उनको यौनात्मक धोका पीडित सम्भावित महिलाहरू पनि पत्ता लगाउन आग्रह गर्दछु । उनको भनाइ सत्य हो भने त्यो स्पेनको प्रचलित कानुनअनुसार यौन उत्पीडन हुन आउँछ । नयाँ कानुनअनुसार बिना सहमति असुरक्षित यौन सम्पर्क राख्नु पनि यौन उत्पीडन नै हो ।’

दार्रेचीले स्पेनी युट्युबर मोस्तो पापीलाई यस्तो भनेको भिडियो – ‘कण्डम लगाउँदा मलाई असजिलो महसुस हुन्छ । त्यसैले, मैले कहिल्यै पनि कण्डम प्रयोग गर्दिनँ । असुरक्षित यौन सम्पर्क राख्दा पनि मेरा कोही पनि पार्टनरहरू अहिलेसम्म गर्भवती भएका छैनन् । किनभने मैले परिवार नियोजन गरेको छु ।’गत मे महिनामा पनि एउटा टिकटक भिडियोमार्फत गर्भपतनको विरोध गरेर उनी सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्