बालबालिकाका हत्याराको घर जलाइयो



 नैरोबी, (एजेन्सी)। 

हालै एकजना पुरुषले गरेको कम्तीमा १० जना बालकको हत्या गरेको स्वीकारोक्ति केन्याका सम्पूर्ण अखबारका प्रमुख समाचार बनेको छ । केही समयअघि मात्र दुईजना बालबालिकाको हत्या अनुसन्धानको सिलसिलामा २० वर्षीय मास्टेन मिलिमो वान्जालालाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

ती बालबालिकाको शव राजधानी नैरोबी नजिकको कावेते क्षेत्रमा फालिएको अवस्थामा फेला परेको थियो । वान्जालाले ती दुईलगायत अन्य नौ जना १२ देखि १३ वर्ष उमेरका बालबालिकाको हत्या गरेको तथा अपराधस्थलबारे अनुसन्धानकर्ताहरूलाई जानकारी दिएका छन् । प्रहरीले अहिले अन्य बालबालिकाका शव फेला पार्ने कोशिस गरिरहेका छन् ।

उनले हत्याको पोल खोल्ने क्रममा आएको एकजना बालकको नामको कारण पश्चिमी केन्याको कामुकुवामा ठूलो विरोध प्रदर्शन भएको छ । स्थानीय बासिन्दाले वान्जालाको घरमा आगो लगाइदिएका छन् ।अब उनीविरुद्ध ती सबैको हत्याको अभियोग लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्