शिरिषा बन्डला अन्तरिक्षमा जाने तेस्रो भारतीय मूलकी महिला



इन्डियन न्युज नेटवर्क

भारतीय मूलकी महिला अन्तरिक्षयात्री कल्पना चावला र सुनीता विलियम्सको सूचीमा अब अर्को एक नाम शिरिषा बन्डला जोडिने भएको छ । उनी भारतीय–अमेरिकी अन्तरिक्ष इन्जिनियर हुन् । आइतबार अन्तरिक्ष उडान भर्ने अन्तरिक्ष यात्रीको सूचीमा उनको नाम पनि सामेल गरिएको हो ।

उनी भर्जिन ग्यालाक्टिकस्थित सरकारी मामिलाका उपाध्यक्ष हुन् । उनी बेलायती धनाढ्य र वर्जिन समूहका संस्थापक रिचर्ड ब्रान्सनलगायत पाँच जनासँग भर्जिन ग्यालेक्टिकको ‘स्पेस सिप टू युनिटी’ नामक अन्तरिक्षयानबाट नयाँ मेक्सिकोबाट अन्तरिक्षको यात्राको अनुभव गरेकी छन् । भर्जिन ग्यालेक्टिकको ‘बीएसएस युनिटी’ नामक अन्तरिक्षयान न्यु मेक्सिकोमाथि डेढ घण्टाको उडान भरेको थियो । तर, खराब मौसमका कारण सो यात्रा ९० मिनेट ढिलाइ भएको थियो ।३४ वर्षीय बन्डलाले उडान भर्नु केही दिनअघि ट्विटमा भनिन्– ‘म ३ युनिटी–२२ को अद्भूत टोलीको हिस्सा हुन पाएकोमा खुसी छु । विशेष गरेर त्यस्तो कम्पनीको हिस्सा हुन पाएकोमा गौरवान्वित छु । यस कम्पनीले सबैको लागि ठाउँ उपलब्ध गराउँदै आएको छ । यसको बारेमा ट्विट गरिरहनुपर्ने थिएन । किनकि, मेरा साथीहरूले हिजो यस समाचारबाट ट्विट गरिदिएका थिए । हिजो म सकारात्मक, मायालु र अपरिचित सन्देशबाट अभिभूत भएको थिएँ । बिस्तारै सफलताको सिंढी चढ्दै छु ।

जब मैले पहिलोपटक यो अवसर पाएको सुने म बोल्नै सकिन । भर्जिन ग्यालेक्टिकले जारी गरेको एक भिडियोमा बन्दलाले भनिन् । सो भिडियोमा अन्य दुई विशेषज्ञ चालक दलका सदस्य कोलिन बेनेट र बेथ मोसेसको पनि स्वागत गरिएको थियो ।यसैगरी, एकीकृत एयरोस्पेस र अन्तरिक्ष यात्री कम्पनी भर्जिन गलाक्टिकले भनेको छ– ‘आज बीएसएस युनिटीले २२औं परीक्षण उडान भ-यो । कम्पनीका संस्थापक, सर रिचर्ड ब्रान्सनलगायत चालक दलका सम्पूर्ण सदस्यसहित ६ व्यक्ति सवार यसले पहिलो परीक्षण उडान भ-यो । चालक दलले केबिन र ग्राहकको अनुभवसँग सम्बन्धित धेरै परीक्षण उद्देश्यहरू पूरा गरेको छ ।’भारतस्थित अमेरिकी दूतावासले उक्त उपलब्धिलाई लिएर बन्डलालाई बधाई दिएको छ । सन् १९९७ मा अन्तरिक्ष यात्राबाट फर्कने क्रममा भएको दुर्घटनामा कल्पनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्