बेलायतमा अनौठो विषालु बगैंचा



लन्डन, (एजेन्सी) । 

बेलायतको नर्थम्बरल्यान्डको आल्न्विक गोर्डनस्थित पर्यटकीय आकर्षणको रूपमा परिचित प्वाइजन गार्डेनमा पर्यटकहरू गाइडबिना भित्र प्रवेश गर्न पाइँदैन । यस बगैंचामा पाइने बोट बिरूवा प्राणघातक भएको कारण पनि आगन्तुकहरूलाई त्यहाँ पथप्रदर्शक अर्थात् गाइडबिना नपठाइने नियम बनाइएको हो । बगंैचा प्रवेश गर्ने फलामको विशाल द्वार खोपडी र हड्डीको चिन्ह राखेर खतराको सूचना दिइएको छ । साथै, सूचना पाटीमा ‘यी बोटबिरूवाले ज्यान लिन सक्छन्’ लेखिएको छ ।

यस बगैंचामा जाने आगन्तुकहरूलाई कुनै पनि बोट बिरूवा सुँघ्न, छुन र स्वाद लिन मनाही गरिएको छ । फैलिरहेको फूलका वास्ना सुँघेरै नै केही अभागी आगन्तुकहरू बेहोसै हुने गरेका घटनाहरू त्यहँँ धेरैचोटि घटिसकेको बताइएको छ ।यस बगैंचाभित्र करिब एक सय प्रजातिका विषाक्त, लठ्याउने तथा लागुपदार्थका बोट बिरूवा रहेका छन् । अत्यन्तै प्राणघातक रासायनिक पदार्थ साइनाइड निकाल्ने लरेलजस्ता त्यहाँ थुप्रै बोट छन् । केही बोट बिरूवाका फूल, फल्ने दाना, पात र डाँठसमेत विषालु रहेका छन् । हगबिड जस्तो बोटले छाला पोल्ने गर्दछ । यस्तो पोलाइको घाउ सात वर्षसम्म निको नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्