महिलालाई विमानमा बाँधिएको भिडियो भाइरल



 वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी एयरलायन्सको उडानको क्रममा एक जना महिलालाई विमानभित्रै एउटा मेचमा टेपले बाँधेर राखिएको एउटा टिकटक भिडियो अहिले भाइरल भएको छ । सो भिडियो खिच्ने यात्रुका अनुसार ती महिलाले उड्दै गरेको विमानबाट बाहिर जाने प्रयत्न गरेकी थिइन् । तर, ती यात्रुले अमेरिकी एयरलायन्सले महिलामाथि गरेको व्यवहारको भने आलोचना गरेका छन् ।

परिचय नखुलाइएकी ती महिलालाई फ्लाइट एटेन्डेन्टहरूलाई आक्रमण गर्दै विमानको अग्रभागको ढोका खोल्ने प्रयास गरेपछि त्यसरी सिटमा बाँधिएको टिकटक भिडियोमा देखिन्छ । मंगलबार टेक्सासको डल्लास–फोर्थ वर्थबाट नर्थ क्यारोलिनाको च्यार्लोटतर्फ उडिरहेको अमेरिकी एयरलायन्सको कल साइन १७७४ बोकेको विमानभित्र यो अप्रिय घटना घटेको हो ।

पहिलोश्रेणीको कक्षबाट यात्रागरिरहेकीतीमहिलाले चिच्याउनखोजेपछि उनको मुखमापनि टेप राखिएको टिकटक युजर एट एलओएल डट एआरआईईले खिचेको भिडियोमा देखिन्छ । ती महिलाको अनौठो व्यवहारका कारण दुई घण्टा लामो उडानमा फलइट एटेनडेन्टहरू निकै आंतकित हुन पुगेका थिए ।विमान अवतरण गरिन लाग्दा तिनले वितण्डा मच्चाउन खोजेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्