राष्ट्रपति हत्याकाण्डका मुख्य सूत्रधार पक्राउ



पोर्ट ओ प्रिन्स, (एजेन्सी) । 

हाइटीका प्रहरीले गत साता राष्ट्रपति जोभनल मोइसेको हत्याका प्रमुख सूत्रधार रहेको आशंकामा एकजना डाक्टरलाई गिरफ्तार गरिएको जनाएको छ ।प्रहरीका अनुसार ६३ वर्षीय क्रिस्टियन इमान्युयल स्यानन हाइटीको नागरिक हुन् भने उनी राजनीतिक उद्देश्य लिएर गत जुनको शुरूमा आफ्नो निजी जेट विमानमा मुलुक छिरेका थिए ।

गत ७ जुलाईमा आफ्नै निवासमा ५३ वर्षीय मोइसेको २८ जना विदेशी सशस्त्र फौजको आक्रमणमा ज्यान गएको थियो । सोही हमलामा गम्भीर घाइते हुन पुगेकी प्रथम महिला मार्टिने मोइसेलाई उपचारका लागि संयुक्त राज्य अमेरिका लगिएको थियो । मार्टिनेले बयानमा मध्यराति अचानक घरमा छिरेका तिनीहरूले आफ्नो पतिलाई एक शब्द पनि बोल्ने मौका नदिई गोलीले छियाछिया पारेको बताएकी छन् ।

प्रहरीले राजधानी पोर्ट ओ प्रिन्समा आयोजित पत्रकार सम्मेलनमा स्यानन पक्राउ परेको जानकारी दिएका हुन् हाइटीको सुरक्षा स्थितिमा सहयोग पु¥याउन अमेरिकाको सुरक्षा तथा न्याय क्षेत्रका अधिकारीहरूको एक टोली आइतबार हाइटी आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्