कलाकर्मीलाई राष्ट्रिय र प्रादेशिक पुरस्कार



कलाकर्मीहरू राष्ट्रिय र प्रादेशिक पुरस्कारबाट पुरस्कृत भएका छन्। सरकारले प्रत्येक वर्ष प्रदानगर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार यसपटक ख्याति प्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हालै आयोजित समारोहमा प्रधानमन्त्री केपीशर्मा ओलीद्वारा संगीततथा नाट्य विधातर्फ अभिनेताश्रेष्ठलाई नगद एक लाख रुपियाँसहितको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको थियो। श्रेष्ठको स्वास्थ्य समस्याका कारण उनको पुरस्कार उनका कलाकार पुत्र यमन श्रेष्ठले ग्रहण गरेकाथिए।

यस वर्षको प्रादेशिकप्रतिभा पुरस्कार नगद ५० हजार रुपियाँसहित गायिका निशा देशारलाई प्रदान गरिएको छ। प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत बागमती प्रदेश ललितपुरबाट संगीततथा नाट्यतर्फको पुरस्कार गायिका देशारलाई प्रदान गरिएको हो। संगीत तथा नाट्य विधाकै प्रादेशिक प्रतिभा पुरस्का रजितबहादुर राई (मोरङ), नवीनकुमार मिश्र (रौतहट), कनमाया गुरुङ (लमजुङ), बद्रीपंगेनी (पाल्पा), सुनबहादुर मल्ल (मुगु) र डिओरा वादी (बाजुरा) लाई प्रदानगरिएको छ।त्यस्तै, संस्कृतिविधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार प्रा.डा. कैलाशना थप्या कुरेल (काठमाडौं) लाई प्रदानगरिएको छ। यहीविधाको प्रादेशिक प्रतिभा पुरस्कार शेरबहादुर इङ्नामपापो लिम्बू (तेह्रथुम), डा. वासुदेवलाल दास (सर्लाही), श्यामसुन्दर राजवंशी (काठमाडौं), शुक्रराजअधिकारी (कास्की), वसन्तकुमार विडारी (रुपन्देही), प्रा.डा. केबीआचार्य थापा (सुर्खेत) र दिव्यश्वरी जोशी (डोटी) लाई प्रदानगरिएको छ।

त्यसैगरी, ललितकला राष्ट्रिय प्रतिभा पुरस्कारबाट काठमाडौंका हरिप्रसाद शर्मा, ललित कलाप्रादेशिक प्रतिभा पुरस्कारबाट श्रीकृष्ण जोशी (धनकुटा), मुकेश महतो नुनियाँ (पर्सा), सरीता डंगोल (ललितपुर), देवेन्द्र थुम्केली (स्याङजा), केशवराज खनाल (रुपन्देही), सोनामलामा (जुम्ला) र जितबहादुर आउजी (कैलाली) पुरस्कृत भएका छन्। गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार क्रमशःप्रा.डा. देवीप्रसाद सुवेदी (लमजुङ) र काठमाडौंका स्नेह शायमी रामकृष्ण मानन्धरलाई प्रदानगरिएको छ।समारोहमा प्रधानमन्त्री ओलीले पुरस्कृत प्रतिभाहरूलाई बधाईज्ञापन गरेकाथिए। संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका अनुसार २०५१ सालदेखि राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना गरी संगीततथा नाट्य, ललितकला र भाषा साहित्य गरी ४ विधागत क्षेत्रकाप्रतिभाहरूलाई सम्मान र कदर गर्दै आएकोमा २०७५ सालदेखि जनही १ लाख रुपियाँको राष्ट्रिय प्रतिभा पुरस्कार र सातै प्रदेशबाट ४ विधागत क्षेत्रका प्रतिभालाई जनही ५० हजार रुपियाँसहितप्रादेशिक पुरस्कार र सम्मान—पत्रप्रदानगरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्