भारतीय प्रधानमन्त्री मोदीले गरे मन्त्रिमण्डलमा व्यापक हेरफेर



नयाँदिल्ली, (एजेन्सी)

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारमा नयाँ ३६ जना मन्त्री ल्याएका छन् । सन् २०१४ सत्तामा पुगेयता मोदीले आफ्नो मन्त्रीमन्डलमा गरेको यो सबैभन्दा ठूलो हेरफेर हो । सुचना तथा प्रविधि ( आइटि ) र स्वास्थ मन्त्री लगायत मन्त्रीमन्डलका कम्तिमा १२ जना सदस्यले मन्त्रीमन्डल हेरफेर गरिनु अघि नै पदबाट राजिनामा दिएका थिए ।

आफ्ना सहकर्मिहरुलाई राजनीतिक मार्ग प्रशस्त गरिदिने उद्देश्यले तिनीहरुले राजिनामा दिएको हुनुपर्ने राजनीतिक विश्लेषकहरुको अनुमान रहेको छ । वर्तमान ५२ सदस्यीय मन्त्रीमन्डलको आकार बढेर नयाँ मन्त्री मन्डलमा ७७ जना मन्त्री पुगेका छन् । महत्वपूर्ण चुनावी क्षेत्र उत्तर प्रदेश लगायत अन्य राज्यहरुमा चुनाव हुने तयारी भइरहेको अवस्थामा यसरी मन्त्रीमन्डलमा हेरफेर गरिएको हो ।

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण अक्षमता र अर्थतन्त्र गिर्दै गइरहेको विषयलाई लिएर सरकारको आलोचना भइरहेको अवस्थामा यसरी मन्त्रीमन्डर फेरिएको हो । भारतमा साना देखि ठूला शहरहरुमा पनि बेस्सरी फैलिएको दोश्रो चरणको कोभिढ १९ महामारीमा थप हजारौले ज्यान गुमाउन पुगेको छ ।

बुधवार शपथ ग्रहण गर्ने नयाँ मन्त्रीहरुमा पुर्व विपक्षी विधायक तथा गत वर्ष मात्र मोदीको भारतीय जनता पार्टीमा प्रवेश गरेका ५० वर्षिय ज्योतिरादित्य सिन्दिया , असाम राज्यका पुुर्व मुख्यमन्त्री ५८ वर्षिय सर्वानन्द सोनोवाल र कंग्रेस पार्टीका पुर्व नेता नारायण राने समेत रहेका छन् । स्वास्थ मन्त्री हर्ष वर्धनले वुधवार नै पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्