पोर्ट ओ प्रिन्स,एजेन्सी ।
हाइटीका राष्ट्रपति जोभनल मोइसको राजधानी पोर्ट ओ प्रिन्सस्थित उनकै निवासमा गरिएको एक आक्रमणमा ज्यान गएको अन्तरिम प्रधानमन्त्री क्लाउडी जोसेफले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार बुधवार बिहान पाँच बजे अज्ञात शसस्त्र व्यक्तिहरुको समूहले उनको निवासमा हमला गरेको थियो । यस घटनामा प्रथम महिला मार्टिने मोइस घाइते भएकी छन् ।
जोसेफले मुलुकलाई अस्थिरतामा जान नदिन सम्पूर्ण उपाय अपनाइँदै गरेको जानकारी दिएका छन् ।उनले क्यारिवियन मुलुक हाइटीको वर्तमान अवस्था नियन्त्रणमा रहेको भन्दै जनतालाई शान्त रहन आह्वान गरेका छन् ।
उनले राष्ट्रपतिको गोली हानेर गरिएको घटनालाई निकै अमानवीय तथा जंगली कार्यको संज्ञा दिएका छन् । अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस लगायत वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले पनि यस घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् ।











प्रतिक्रिया