बलिउडका ‘ट्रेजेडी किंग’ दिलीप कुमारको निधन

14.38k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बलिउडमा ‘ट्रेजेडी किंग’ को रुपमा परिचित चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । विगत केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि असपताल भर्ना भएका दिलीपको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई जून ३० मा मुम्बईस्थित हिन्दूजा अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अस्पतलामा दिलिपका साथमा उनकी श्रीमती सायरा बानू थिइन् । सायराले पछिल्ला दिनहरुमा दिलिपको स्वास्थ्य अवस्थाबारे उनका फ्यानहरुलाई जानकारी दिँदै आएकी थिइन् ।

छ दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका उनले ६५ वटा भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । देवदास, नयाँ दौर, गंगा जमुना, क्रान्ति, कर्मा उनले अभिनय गरेका केही चर्चित फिल्महरु हुन् ।