भारतीय सेना प्रमुखले बेलायत र इटालीको भ्रमण गर्ने



इन्डियान्युज नेटवर्क ।

भारतीय सेना प्रमुख जनरल एमएम नारावनले सोमबार देखि बेलायत र इटालीको चार दिने भ्रमणमा जाने भएकाछन् । उक्त भ्रमण को क्रममा उनले दुई मुलुकबिचका ेआपसी सुरक्षा सहयोग बृद्धि गर्न छलफल गर्नेछन् । रक्षा मन्त्रालयले आइतबार जनाए अनुसार जुलाई ५ देखि ८ तारिख सम्म उनी दुई देशको भ्रमण मा व्यस्त रहनेछन् । सेना प्रमुखले आफ्ना समकक्षी र यी देशका वरिष्ठ सैन्य प्रमुखसँग भेट गर्नेछन् ।

इटालीको भ्रमण को क्रममा उनले क्यासिनोका लागि प्रसिद्ध इटालीको शहरमा भारतीय सेना स्मारकको पनि उद्घघाटन गर्नेछन् । भारतीय सेना स्मारक ५ हजार भन्दा बढी भारतीय सैनिकहरूको योगदान र सम्झनामा समर्पित छ । यी सैनिकले दोस्रो विश्वयुद्धको बेला मोन्टे क्यासिनोको युद्धमा आफ्नो ज्यान गुमाएका थिए । तिनीहरुले इटालीलाई प्रतिपक्षी शक्ति बाट स्वतन्त्र पार्ने प्रयासमा आफ्नो ज्यान गुमाएका थिए ।

त्यस्तै भारतीय सेना प्रमुख नारवनले जुलाई ५ र ६ तारिखमा बेलायतको भ्रमण गर्नेछन्। यस क्रममा उनले रक्षा राज्य सचिव, रक्षा प्रमुख, प्रमुख जनरल स्टाफ र अन्य प्रतिष्ठित व्यक्तिहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ । एनले विभिन्न सैन्य संरचनाहरुको पनि भ्रमण गर्ने छन् । साथै उनले आपसी हितका बुँदाहरुमा विचारहरु आदानप्रदान गर्नेछन् ।

भारतीय सेना प्रमुखले जुलाई ७ र ८ तारिखमा इटाली को भ्रमण गर्ने छन्। यस क्रममा उनी रक्षा प्रमुख र इटाली सेनाका प्रमुख सँग भेटवार्ता गर्नेछन्। उनलाई रोमको केचिंगोला स्थित इटालियन सेनाको काउन्टर आईईडी उत्कृष्टता केन्द्रमा पनि प्रमुख जानकारी दिइनेछ । भारत र बेलायतबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । सन् २००४ मा यस सम्बन्धलाई रणनीतिक साझेदारीको रुपमा रुपान्तरित गरिएको थियो । रक्षा, स्वास्थ्य सेवा, अन्तरिक्ष, शिक्षा, प्रविधि, नवीकरणीय उर्जा र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा बेलायत र इटाली भारतको महत्वपूर्ण साझेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्