ट्रिपर पल्टिँदा दम्पतीको मृत्यु



काठमाडौं, (नेस) । 

गोकर्ण रिर्सोट नजिकै तीव्र गतिमा आएको ट्रिपर दुर्घटना हुँदा घरमा सुती रहेका एक दम्पतीको ज्यान गएको छ । सडक नजिकै रहेको अस्थायी टहरामा उक्त ट्रिपर खस्दा नुवाकोटका साइला तामाङ र जयन्ती तामाङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

बालुवा बोकेको बा५ख २५११ नम्बरको ट्रिपर सडकबाट चिप्लिएर टहरोमा खसेको थियो । ट्रिपर चालक गोविन्द घलानलाई प्रहरीले पक्राउ गरेको छ । चालक घलानले ट्रिपर अचानक अनियन्त्रित भएर पल्टिएको प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्