फलफूलमा आत्मनिर्भर हुँदै भेरी नगरपालिका



बासुदेव शर्मा, जाजरकोट ।

फलफूलमा आत्मनिर्भर हुने लक्ष्यका साथजाजरकोट भेरी नगरपालिका कृषि शाखाले फलपूmलका विरुवा बितरण गरेको छ । फलफुलमा आत्मनिर्भर गर्न नगरपालिका भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरेको हो । नगरपालिकाको बार्षिक स्वीकृत सशर्त अनुदान कार्यक्रमअन्तर्गत नगर सभाले छनोट गरेको पकेट क्षेत्रका किसानलाई आँप, कागती, लिची, सुन्तला, केरा, अंगुर अलैंचीका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

भेरी नगरपालिकाभित्रका किसानलाई फलफूलमा आत्मनिर्भर गर्न मागको आधारमा आँप ११ हजार कागती ३० हजार सुन्तला १२ हजार अलैंची ३० हजार, केरा ६ हजार २ सय अंगुरका विरुवा ६ सय कृषि समूह, कृषकलाई वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताउनुभयो । बिगतका बर्षमा जिल्ला बाहिरबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्दै आएको शाखाले यस वर्ष जाजरकोटमै स्थापना भएका नर्सरीबाट बिरुवा खरिद गरी वितरण गरेको छ । स्थानीय जात कागती, सुन्तला (कलमे) जात फलफूलका विरुवा कुशें गाउँपालिका ५ कुसे अर्गानिक कृषि फर्म दम्दाला, छेडागाड नगरपालिका १२ खत्री नर्सरी र भेरी नगरपालिका ६ वीरेन्द्र फलफूल नर्सरीबाट अलैंचीका विरुवा खरिद गरी मागको आधारमा सम्भावित पकेट क्षेत्रका किसानलाई बिरुवा वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारी बताउनुभयो । आगामी वर्ष बिरुवा वितरणको कार्यक्रम नराख्ने सम्भावना भएकाले बिरुवा संरक्षण गर्न आग्रह गर्नुभयो ।

कृषि प्राविधिक भोला खत्रीले कृषि पेसाबाट आत्मनिर्भर किसानलाई प्राथमिकताका आधारमा छनोट गर्ने किसानले लगाएको खेतीबालीमा समस्या परेको जानकारी पाए खेतबारीमा गएर रोग किराको बारेमा सल्लाह सुझाव दिने बतााउनुभयो ।भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले किसानलाई विरुवा हस्तान्तरण गर्दै केहि वर्षभित्र भेरी नगरपालिकालाई फलफूलमा आत्मनिर्भर गरि आयआर्जनमा सुधार ल्याउन नगर सभाले विरुवा वितरणको कार्यक्रम समावेश गरेको बताउनुभयो । मकै, धान, कोदोलगायतका खाद्य बालीबाट आत्मनिर्भर भएको बताउँदै आगामी वर्षभित्र किसानलाई फलफूल खेतीबाट आत्मनिर्भर गर्न विरुवा वितरण गरेको बताउनुभयो ।

जिल्ला बाहिरबाट बिरुवा ल्याएर वितरण गरेको जाजरकोटले गत वर्षदेखि स्थानीयस्तरमा स्थापना भएका नर्सरीबाट विरुवा खरिद गरी किसानलाई वितरण गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । जिल्लाभित्र नर्सरी स्थापना भएकाले फलफूल खेतीमा आत्मनिर्भर हुँदै गएकाले बिरुवालाई बालवालिका सरह माया गरी खेतबारी हराभरा बनाउन किसानलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्