हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा खतराप्रति भारतको चिन्ता



इन्डियन न्युज नेटवर्क ।

हाल हिन्द–प्रशान्त क्षेत्रमा पारम्परिक र गैर पारम्परिक समुद्री खतरा बढ्दै गएको छ । भारत र एआरएफ वरिष्ठ अधिकारीहरूको बैठकमा भारतद्वारा उक्त चिन्ता व्यक्त गरेको हो ।

यसै सन्दर्भमा चिन्ता व्यक्त गर्दै भारतले मंगलबार हिन्द–प्रशान्त र भारतीय हिन्द–प्रशान्त महासागर पहलका लागि आसियान आउटलुकको अभिशरण गर्दै विभिन्न एआरएफ देशहरूले घोषणा गरेअनुसारको हिन्द–प्रशान्त नीतिअनुसार सँगै मिलेर काम गर्न आग्रह गरेको छ ।

मंगलबार भर्चुअल ढाँचामा आयोजना गरिएको वरिष्ठ अधिकारीहरूको आसियान क्षेत्रीय फोरम बैठकमा भारतीय विदेश मन्त्रालयका सचिव (पूर्व), रिवा गांगुली दासले उक्त चिन्ता व्यक्त गरेकी थिइन् । उक्त बैठकमा २७ आसियान क्षेत्रीय फोरम देशका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

विदेश मन्त्रालयका अनुसार सोही क्रममा विदेश मन्त्रालयका सचिव (पूर्व)ले आतंकवादले निम्त्याएको खतरा र साइबर सुरक्षाका चुनौतीसम्बन्धी भारतको दृष्टिकोण पनि साझा गरेकी थिइन् ।

इस बैठकमा गत बर्षमा एआरएफ गतिविधि र आदानप्रदानको समीक्षा गरिनुका साथै एआरएफअन्तर्गतका भविष्यका योजना र प्रयासहरूका बारेमा पनि छलफल गरिएको थियो ।

सो बैठकमा कोभिड–१९ महामारी, आतंकवाद, साइबर सुरक्षा, दक्षिण चीन सागर, म्यानमार र कोरियाली प्रायद्वीपमा वर्तमान समयमा विकास भएको घटनाक्रमलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूबारे वरिष्ठ अधिकारीहरूले विचार आदान–प्रदान गरेका थिए ।

सन् २०२१ जुन महिनामा भारतले ‘समुद्री कानुनमा संयुक्त राष्ट्र सम्मेलन’ विषयक एआरएफ कार्यशालाको सहअध्यक्षता गरेको थियो । आगामी वर्ष भारतले समुद्री सुरक्षासम्बन्धी एक अन्तर–सत्रीय बैठक– ‘समुद्र र मत्स्यपालन कानुन’ मा कार्यशाला र “अन्तर्राष्ट्रिय जहाज र बन्दरगाह सुविधा सुरक्षा कोड ‘विषयक बैठकको सह– अध्यक्षता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्