शक्तिशाली मुलुकहरुलाई चिनियाँ राष्ट्रपतिको चेतावनी



बेइजिङ, (एजेन्सी)

चीनका राष्ट्रपति सी जिनपिङले यदि विदेशी शक्तिहरुले आफ्नो मुलुकलाई प्रभावित गर्न वा तर्साउन खोजेको खण्डमा तिनीहरुको टाउको फोडेर रगत्ताम्य पारिने चेतावनी विहिबार दिएका छन् । सत्तारुढ कम्युनिस्ट पार्टीको शत वार्षिकी दिवसको उपलक्षमा आयोजित एक कार्यक्रममा भाषण दिने क्रममा सिले सो चेतावनी दिएका हुन् ।

यसैबिच सिले बेइजिङले कुनै पनि ‘ हठवादी प्रवचन ’ लाई पनि छुट नदिने बताएका छन् । राजनीतिक विश्लेषकहरुले उनको यो प्रतिक्रिया संयुक्त राज्य अमेरिकाप्रति इंगित रहेको अनुमान गरेका छन् । बाह्य जगतबाट चीनमा भइरहेको मानव अधिकार उल्लंघन र हङकङमा यसले व्यापक राजनीतिक हस्तक्षेप गरेको आरोप लगाइन थालेपछि चीनको यो पछिल्लो औपचारिक प्रतिक्रिया बाहिर आएको हो ।

व्यापार व्यवसाय , जासुसी र कोरोना भाइरस महामारी जस्ताा विषयलाई लिएर पछिल्ला समयमा अमेरिका र चीनबिचको सम्बन्ध चिसिन पुगेको छ ।तिनीहरुबिचको अर्को प्रमुख तनावको विषय ताइवान हो । प्रजातानित्र ताइवानले आफुलाई सवतन्त्र तथा सार्वभौम सत्ता सम्पन्न मुलुका ठान्ने गरेको छ भने बेइजिंग यसलाई अझै पनि आफ्नो प्रान्तबाट टुक्रिएको एउटा टापु मान्ने गर्दछ ।

सिले चीनको ताइवानलाई एकिकरण गर्ने नीति तथा प्रतिवद्धतामा अहिले पनि रत्तिभर विचलन नआएको बताएका छन् । विहिवार बिहान तियानमेन चोकमा आयोजित यस विशेष समारोहमा सैनिक जेट विमानहरु उडाइनुका साथै तोपबाट सलामी दिने र देशभक्ति गीत गाउने कार्यक्रम सम्पन्न भएको थियो । एकदमै नजिकबाट होसियापुर्वक निगरानी गरिएको विशाल जनसमुह उपस्थिती रहेको सो कार्यक्रममा अधिकांशले मास्क लगाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्