संखुवासभामा पुनः १० दिन निषेधाज्ञा



संखुवासभा, (नेस) ।

संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले १० दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमण समुदायमा स्तरमा नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको संखुुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा अहिले कोरोना सक्रमित समुदाय स्तरमा रहेको र सङ्क्रमणमा कमि नआएकोले असार २६ गते शनिबार राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

उहाँले निषेधाज्ञाको समय अवधिमा थप समुदायमा कोरोना सङ्क्रमणलाई न्यूनीकरणका लागि १० वटै स्थानीय तहमा परिक्षणको दरलाई बढाउने र थप अत्यावश्यक सेवाबाहेकका अन्य कार्यलाई कडाइ गर्ने बताइएको छ ।

जिल्लामा कोरोना सङ्क्रमण न्यूनीकरण र नियन्त्रणका लागि दुईपांग्रे सवारी, बैँक, हाडवेर पसल, र दैनिक उपभोग्य पसल मात्र जनतामा सहज होस भन्ने उदेश्यले समय तोकि खुलाइएको छ । सातौंपटक कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकद्वारा थप गरिएको निषेधाज्ञाको यो अवधिमा संखुवासभा जिल्लामा १ हजार ९ सय ५० भन्दा बढिलाई कोरोना संक्रमण पुष्टि भएको छ । भने ८ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्