इटाली पठाइदिन्छु भनी ठगी गर्ने रेग्मी समातिए



काठमाडौं, (नेस) ।

इटाली पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं बूढानीलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका उमेश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने सौगात सुनुवारलगायत ३ जनालाई वर्किङ भिसामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपियाँको दरले ३१ लाख ५० हजार रुपियाँ लिई उनीहरूलाई अजरबैजानसम्म पुर्‍याएर बिचल्ली बनाई फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टीकाथलीबाट पक्राउ गरेको हो ।

उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिसामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपियाँभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्