सत्ताइस पटक पछारिएका बालकको मृत्यु



ताइपेइ, (एजेन्सी) ।

ताइवानमा जुडो खेलको अभ्यासको क्रममा सत्ताइस पटक भुँइमा पछारिएका एकजना सात वर्षीय बालकको मृत्यु भएको छ । गत अप्रिलमा जुडो कक्षामा भाग लिएपछि ती बालकको गम्भीर मस्तिष्कघात भएको थियो । उनका सहपाठी र प्रशिक्षक दुवैले उनलाई त्यसरी निर्मम तरिकाले भुँइमा पछारेका थिए ।

नाम नखुलाइएका ती बालकलाई कोमामा गएपछि भेन्टिलेटरमा राखिएको थियो । झण्डै सत्तरी दिनपछि पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि उनका मातापिताले उनलाई सपोर्ट मेसिनबाट झिक्ने निर्णय गरेको स्थानिय सञ्चार माध्यमले जनाएको छ ।

करिव साठी वर्षीय जुडो प्रशिक्षकलाई गम्भीर घाइते हुनेगरी बालकमाथि शारीरिक चोट पुर्‍याएको तथा अर्को बालकलाई अपराध कार्यमा प्रयोग गरेको अभियोग लगाइएको छ ।

ताइपेइ टाइम्सका अनुसार हो नामका ती प्रशिक्षकलाई अहिले तीन हजार पाँच सय ८३ अमेरिकी डलर जमानतमा हिरासत मुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्