विश्वकै सबैभन्दा अग्लो भवनमा चिनियाँ होटेल



बेइजिङ,(एजेन्सी) ।

चीनमा विश्वकै सबैभन्दा अग्लो भवनमा होटेल सञ्चालनमा ल्याइएको छ । यस होटेलको उचाई फ्रान्सको राजधानी पेरिसस्थित आइफल टावरको भन्दा दोब्बर भन्दा बढी रहेको छ ।

साँघाइस्थित विश्वकै अहिले सम्मकै सबैभन्दा भव्य मानिएको जे होटेल साँघाइ टावरको एक सय २० तल्लामा रहेको जिन यान रेस्टुरेन्ट चौबिसै घन्टा खुल्ने गरेको छ । साथै यो होटेल रहेको भवन विश्वकै दोस्रो सबैभन्दा अग्लो गगनचुम्बी भवन मानिएको छ ।
चीनकै सबैभन्दा अग्लो मानिएको भवन सांघाइ टावरको माथिल्लो तल्लामा यो होटेल रहेको छ ।

१९ जुनमा खोलिएको जे होटेलमा सय ६५ वटा कोठा र ३४ वटा सुइट रहेका छन् । ६ सय ५० वर्ग फिट भन्दा ठूलो होटेलको सबैभन्दा सस्तो स्टेट रूममा चौबिसै घन्टा सात जना कर्मचारीले सेवा पुर्‍याउँछन् । हुवाँगपु नदीको सुन्दर दृश्य देखिने तथा दैनिकरूपमा अखबार र एकप्लेट फलफूल निशुल्क उपलब्ध गराइने यस रूमको शुल्क एक रातको करिब पाँच सय ५७ अमेरिकी डलर पर्दछ ।

त्यसैगरी, दुई हजार वर्ग फिटमा फैलिएको सुन्दर दृश्य देखिने लिभिङ रूम , सौना तथा झुण्डिएका सुन्दर क्रिष्टल बत्तीहरूले सजाइएका जे सुइटको एक रात वास बस्दा करिव १० हजार चार सय ६७ डलर तिर्नुपर्दछ ।

तर, अनुपम चिनियाँ शैलीमा अतिथिको स्वागत गरने चार हजार वर्ग फिट भन्दा बढी क्षेत्रफलमा फैलिएको सबैभन्दा महँगो मानिएको सांघाइ सुइटको शुल्क भने सार्वजनिक गरिएको छैन ।

अझै पनि दुबईको एक हजार एक सय ६९ फिट अग्लो दि जेभोरा होटेलको गिनिज वल्र्ड रेकर्ड कायमै छ । जे होटेलले सांघाइ टावरको माथिल्ला तल्लाहरू मत्र प्रयोग गर्ने भएकाले त्यसले जेभोराको उपाधि छिन्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस्