असल शासनले बाँड्यो मास्क



अमृत अर्याल,स्याङ्जा ।

असल शासन बागेश्वरी क्लब स्याङ्जाले मास्क वितरण गरेको छ । क्लबले यहाँका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, मजदुरहरुका लागी मास्क वितरण गरेको हो । क्लबका अध्यक्ष एवं गण्डकी प्रदेश संयोजक चुत्रबहादुर महतले कोरोनाबाट बच्ने विकल्प खोप र स्वास्थ्य सुरक्षा मापदण्ड भएकाले मास्क तिवरण गरिएको बताउनुभयो । कोरोना पुर्ण रुपमा न्युनिकरण नभएको भन्दै हरेक व्यक्तिले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने भन्दै मास्क र सेनिटाईजरको अनिवार्य प्रयोग गर्नुपर्ने संयोजक महतले बताउनुभयो ।

प्रदेश संयोजक महतले वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे, अस्थायी ट्राफिक विट वालिङ मोडका प्रमुख लोकराज भण्डारी, सञ्चारकर्मी कला राना मार्फत मास्क वितरण गर्नुभएको छ । क्लबको केन्द्रिय कार्यालय मार्फत प्रदेश र जिल्ला शाखाले मास्क वितरण गरेको हो । क्लबले भ्रष्ट्राचार विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न क्लबले निःशुल्क मास्क वितरण सुरु गरेको छ ।

वालिङ्गका करिब २ हजार ५ सय नागरिकलाई निःशुल्क मास्क वितरण गरिने अध्यक्ष महतले बताउनुभयो । यस्तै क्लबले आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ । अध्यक्ष महतले भन्नुभयो, ‘हामी हाम्रो उत्तरदायित्व बोध गर्दै सामाजिक कार्यमा खटिएका हौँ ।’

कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि क्लबले यसअघि पनि मास्क र स्यानिटाइजर उपलब्ध गराएको थियो । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको हो । अध्यक्ष महत भन्नुहुन्छ, ‘आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रति हामी कृतज्ञ छौं ।

हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।’क्लबको यस स्वास्थ्य सामाग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपाल प्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ । ‘नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत हुनुहुन्छ । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ ।

यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु उपलब्ध गराएर क्लबले सहयोग गरिरहेको छ । यस सेवाभाव देखाउनुभएकोमा क्लब परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ’– नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभाकान्त पौडेलले भन्नुभयो । कोभिड–१९ को संकटको समयमा क्लबले कल्याणकारी कामलाई जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्