पर्सामा गाँजासहित दुई जना पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहेको छ भन्ने विशेष सुचनाको अधारमा मंगलबार राति ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा गएको गस्ती टोलिले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ गादी स्थित स्वास्थ चौकी नजिकबाट ४० केजी गाँजा सहित दुइजनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षिय बिरबहादुर प्रजा र १९ वर्षिय सोनालाल प्रजा रहेका छन् । उनीहरुको साथबाट तीन वटा पोकामा रहेको ४० केजी गाँजा प्रहरीले बरामद गरेको हो । उनीहरुलाई लागू औषध मुद्दामा अनुसंधान भइहेको पर्सा प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्