पाँच महिनाअघि अर्थमन्त्री पौडेलले निर्माण शुभारम्भ गरेको सडक अझै निर्माण सुरु भएन



यमलाल भुसाल, बुटवल ।

पाँच महिना अगाडि वर्तमान गृह तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण शुभारम्भ गरेको बुटवलको सडक अझै निर्माण सुरु भएको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक छ लेन बनाउने गरि सडक किनारका घर समेत भत्काईएको हो । मंगलवार जनता समाजवार्दी पार्टीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको मूख्य सडक खण्ड अन्तरगतको राजमार्ग चौराहा देखि गोलपार्क सम्म सडकमा ठूला ठूला खाल्डा र सडक अव्यवस्थित भएको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गर्दै व्यानरहरु टागिदिएका थिए ।

बुटवल बेलहिया सडक खण्डको बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने साढे ३ किलो मिटर सडकको निर्माणको लागि वर्तमान गृह तथा अर्थमन्त्री विष्णु पौडेलले माघ १४ गते शुभारम्भ गर्नु भएको थियो । तर , दोश्रो पटक शुभारम्भ गरेको झण्डै आधा वर्ष विति सक्दा समेत सडमा सिन्का ढलेको स्थानिय भरत खड्काले गुनासो गर्नु भयो । शुभारम्भ कार्यक्रममा निर्माणको ठेक्का पाएक कन्चनजंगा विरुवा जेभिले समयमै काम सक्ने प्रतिबद्धता जनाएको थिए ।

तर, त्यस दिनयता कुनै काम नगरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, व्यापारीक मार्ग विस्तार आयोजना, बेलहिया बुटवल सडकले स्पष्टिकरण सोधेका छ् । प्रमुख सडक डिभिजिन बुटवल , व्यापारीक मार्ग विस्तार आयोजना, बेलहिया बुटवलका प्रमुख जयलाल मरासीनीले, म्यादभित्रै निर्माण कार्य सम्पन्न नभए कारवाहीको अर्को विकल्प नभएको स्पष्टिकरण पत्रमा उल्लेख गर्नु भएको छ ।

लामो समय विवादित यो सडक निर्माणको लागि सर्वाेच्च अदालतले निर्माण कार्य गर्न मार्ग प्रसस्त गरेपछि सरकारले २०७९ असार मासन्तसम्म म्याद थप गरेको छ । विगतमा घर–टहरा नहटेकोले सडक विस्तारको काम हुन सेकेको थिएन । हाल घर–टहरा हटाएर ठेकेदारलाई पटकपटक मौखिक ताकेदा गर्दापनि काम नगरेपछि कार्यलयले पत्राचार गर्नुपरेको हो । ठेकेदार कम्पनी कन्चनजंगा विरुवा जेभिले ४७ करोड २७ लाखमा ठेक्का लिएको थियो र ८ करोड २६ लाख रुपैया एडभान्स स्वरुप लगेको छ । अब पनि समयमै काम सकिने गरी तत्काल देखिने गरी काम नथाले केही दिनमै ठेक्का भंगसम्म गर्ने र एडभान्स स्वरुप लगेको रुकम फिर्ता ल्याउने चेतावनी दिएको प्रमुख मरासीनीले बताउनु भयो ।

सडक विस्तारको लागि लकडाउनमै डोजर समेत प्रयोगगरी सडक किनारका घर–टहरा हटाएपनि ठेकेदारको लापर्वाहीका कारण निर्माण कार्य अलपत्र भएको हो । घर–टहरा भत्काउने काम गतवर्ष केही समय रोकिए पनि अदालतको आदेशपछि पुनः सुरु गरिएको थियो । यो सडक निर्माणका लागि कन्चजंगा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्