छ महिनादेखि वेपत्ता युवकको भारतबाट उद्धार



यमलाल भुसाल, बुटवल ।

घरपरिवारमा माया नपाएपछि भौतारिदै भारतमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका चरङेका एक बालकलाई ६ महिना पछि उद्वार गरिएको छ । भारतस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपालले भारतको बनारसबाट रुपन्देहीको चरङेका अविनास सुनारलाई उद्वार गरेको छ । भारतको बनारसमा रहेको न्यायपीठ बालकल्याण समितिमा रहेका १७ बर्षिय बालकको उद्वार गरी आइतबार घरपरिवारलाई बुझाईएको छ ।

गत २०७७ साल पुष २३ गते देखि हराएका र भारतमा अलपत्र परेका अविनास सुनार बालगृहमा रहेको थाहा पाएपछि नेपाली राजदुतावासको समन्वयमा उद्वार गरी प्रवासी नेपाली मित्र मन्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपाललाई बालकको जिम्मा लगाइएको प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनालले बताउनुभयो ।

प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष खनाल र मञ्चका संरक्षक शेयरसिंह जिम्मालले उद्वार गरिएका बालकलाई नेपाल ल्याएर आउनु भएको थियो । उद्वार गरी ल्याइएका ति बालकलाई आइतबार देवदह नगरपालिका वडा नम्बर १० का कार्य बहाक वडा अध्यक्ष रेनुका आले मगर र वडा प्रहरी कार्यालय बुटवल राम नगरका प्रहरी हल्दार मेहरमान विक स्थानीय र सञ्चारकर्मीको रोहवरमा बालकका बुवा अमर सुनारलाई बुझाईएको हो ।

घरमा आमा र बुवाको सम्बन्ध विच्छेद भएपछि अभिभावकको मायां नपाएपछि सानीमालाई खोज््दै भारत गएको अवस्थामा आफु अलपत्र परेर नेपाल फर्कन नसकेको अविनास सुनारले बताएका छन् । भारतमा अलपत्र परेका र हराएका नेपालीको उद्वार गरी नेपाल ल्याएर सम्बन्धित व्यक्तिको घरपरिवारलाई बुझाउने गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।

हराएको आफनो छोरा फेलापारी घरसम्म ल्याईदिएकोमा मानव कल्याण मित्र मञ्च र प्रवासी नेपाली मित्रमञ्चलाई धनवाद आगामी दिनापनि यसप्रकारका सामाजिक कार्यलाई निरन्त्रता दिन अमर सुनारले आह्वान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्