कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई घाइते



न्युज अफ नेपाल, पाल्पा ,

सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् । तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न.को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।

सडकमा अलकत्रा बिछ्याउने क्रममा अचानक गाडीमा आगो लागेपछि पिच कार्यमा सहयोगीको काम गर्ने दुई जना व्यक्ति घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा ईस्मा गाउँपालिका –२ गुल्मीका २० वर्षीय बासु मुखिया र सोही ठाउँका २१ वर्षीय तेजबहादुर कुमाल छन् ।

घाइते मध्ये बासुको अवस्था सामन्य छ भने तेजबहादुरको मध्यम रहेको बताइएको छ । घाईते उनीहरुको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्