कर्णालीमा पुल भत्किँदा कैलाली र बर्दियाको यातायात सम्पर्क विच्छेद



विष्णु तिमिल्सिना, बर्दिया ।

बर्दिया र कैलाली जिल्ला जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कर्णाली नदीमा रहेको राजापुर — सत्तिघाट पुलको पुर्वतर्फको भाग भत्किँदा दुई जिल्लाबीच यातायात समेत सम्वन्ध विच्छेद भएको छ । उक्त पुलबाट बर्दिया जिल्ला र कैलाली जिल्लाको विचमा सार्वजनिक यातायातका साधन प्रयोग गरी दैनिक हजारौँ व्यक्तिहरुको आवतजावत गर्ने हुने गरेको थियो ।

सो पुल निर्मांण पुर्व सत्तिघाटबाट मानिसहरु डुँगा बाट आवत जावत गर्ने गर्दथे । अहिले सो पुलको पुर्वि भाग तर्फ नदिमा आएको पानिको सतहले भत्किएका कारण यातायात पुर्ण रुपमा ठप्प हुदा हजारौ नागरिक प्रभावित बनेका छन । २०७२ सालमा निर्माण भएपछि त्यस क्षेत्रका वासीन्दाहरुलाई यातायातको सुगमता भएको थियो । सो पुलको लम्वाई ५ सय ३१ मिटर रहेको छ भने १३ वटा स्पान रहेको छ ।

कर्णाली नदीमा पानिको बहाव बृद्धि भएपछि पुर्व तर्फको स्पान भन्दा पुर्व तर्फ एप्रोज रोड भत्काएर तल पानी ओडार जस्तो बनेको हुँदा यातायातका साधन आवत जावत ठप्प भएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख गाजल भण्डारीले बताउनु भयो । राजापुर नगरपाकिलाकाका प्रमुख शिव प्रसाद थारुले लगातारको वर्षाको कारण कर्णाली नदिमा पानिको वहाव बढे सगै पुलको पुर्वि भाग भत्किँदा आवतजावतमा अवरोध हुनुका साथै पुल जोखिममा परेको बताउनु भयो । साथै उहाँले यस विषयमा पुर्व जानकारी आयोजना प्रमुखलाई दिएको भएपनि गम्भिर नबनेको उल्लेख गर्नुभयो ।

पुलमा यातायात अवरुद्ध पुर्व कैलालीको सत्ती बजार पुग्न करिब ५ किलोमिटर थियो भने अब सो स्थानमा पुग्न कोठियाघाट, बेलवा चोक, भुरिगाँउ कर्णाली चिसापानी पुल हँुदै लम्कि तथा टिकापुर भएर पुग्दा करिब १ सय ६ किलोमिटरको दुरी पार गर्नु पर्ने हुन्छ । पैदल यात्रुहरु भने ८ किलोमिटरको यात्रा पार गरी दौलतपुर घाट उत्राहि गरेर आवतजावत गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्