भीरकोट नगरपालिकाको बजेट ६८ करोड



अमृत अर्याल, स्याङ्गजा ।

जिल्लाको भीरकोट नगरपालिकाले ६८ करोड २६ लाख ४७ हजारको बजेट पेश गरेको छ । आठौं नगर सभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख सिमा केसी कर्माचार्यले कोरोना भाइरसका कारण नीति तथा कार्यक्रम समयमा ल्याउन समस्या परेको बताउनुभयो । जिल्लाका अन्य नगरपालिकाहरुको तुलनामा अलिक सानो बजेट ल्याएको यस नगरले कुल बजेटको विनीयोजित रकम मध्ये चालु खर्चतर्फ रू. ३९ करोड ११ लाख ४२ हजार अर्थात ५७.३० प्रतिशत रहेकोमा सशर्त अनदुानतर्फको चालु खर्च रू. २४ करोड ७६ लाख ७५ हजार अर्थात ३६.२८ प्रतिशत र नगरपालिका तर्फको चालुखर्च रू. १४ करोड ३४ लाख ६७ हजार अर्थात २१.०२ प्रतिशत रहेको छ । त्यसैगरी कुल विनीयोजनमध्ये पंूजीगत खर्चतर्फ रू. १४ करोड १४ लाख ८० हजार अर्थात २०.७३ प्रतिशत र सामाजिक सुरक्षा खर्च तर्फ रू. १५ करोड अर्थात २१.९७ प्रतिशत प्रस्ताव गरेको छ ।

आगामी आर्थिक बर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रू. ३ करोड ५० लाख, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हनुे राजस्व बाँडफाँटबाट रू. ८ करोड २६ लाख ९२ हजार, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रू.५५ करोड ७४ लाख ५५ हजार र अन्य स्रोतबाट रू. ७५ लाख व्यहोरिनेछ ।

नगरपालिकाले आफ्ना नगरस्तरीय योजना छनौट गरी बजेटको धेरै हिस्सा खर्च गर्ने लक्ष्य राखेको छ । नगर सभामा प्रस्तुत बजेटमा सिद्धार्थ राजमार्गदेखि नगरपालिका भवन जोड्ने सडक निर्माणका लागि रू. १ करोड ३३ लाख विनीयोजन गरिएको छ । नगरपालिकाले कोरोना कोष व्यवस्थापनका लागि भन्दै ३५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषि तथा पशु सेवाका लागि २ करोड ४६ लाख बजेट विनियोजन गरेको छ । संघीय सरकारको विशेष अनदुान शीर्षकबाट रू. ३ करोडको लगानीमा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्र र पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्मित संरचनाको स्तरोन्नतिको लागि रकम विनीयोजन गने व्यवस्था पनि बजेटमा समावेश छ । आँधिखोलाको एकिकृत विकास परियोजनाका लागि बजेटमा १५ लाख विनियोजन गरिएको छ । नगरले सडक र नालाका लागि १ करोड ३५ लाख विनियोजन गरेको छ । नगरका अधुरा आयोजनाहरुलाई पुर्णता दिन तथा तत्काल गर्नुपर्ने विकास निर्माणका कार्यहरु संचालन गर्न नगरक्षेत्र पूर्वाधार शिर्षकमा रू. ७२ लाख विनीयोजन गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईएको छ ।

बजेट प्रस्तुतीकरण कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले बस्ती तथा वडास्तरबाट प्राथमिकता क्रम तोकि आएका आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि बजेटले उचित सम्बोधन गरेको बताउनुभयो । आर्थिक वर्ष २०७८÷८९ मा नगरपालिकाको स्रोत र साधनबाट कार्यान्वयन हुन नसक्ने आयोजना तथा कार्यक्रमहरूको आयोजना बैंक तयार गरी कार्यान्वयनको लागि प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने व्यवस्था मिलाइएको प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्