रौतहटको मौलापुरमा स्थानीयबीच झडप १५ जना घाईते



सञ्जय कार्की, रौतहट ।

रौतहटको मौलापुरमा पानी निकासको बिषयमा भएको दुई पक्षीय झडपमा १५ जना घाईते भएका छन । रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर– १ मर्यादपुर स्थीत मोहाली साहको घर आगनमा परेको आकासको पानीको निकास गर्दा बगेर हृदय नारायण यादवको खेतमा जम्मा भएको निहुमा दुबैपक्ष बीच झडप भएको हो ।

खेतधनी हृदय नारायण यादब सहितका पक्षधरले साहको घरमा पुगेर झगडा गर्ने क्रममा झडप भएको हो । झडपमा परी साह पक्षको ८ जना र यादब पक्षको ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाईते सबै खतरामुक्त रहेका छन । प्रहरी उपरिक्षक सिध्दी बिक्रम शाहले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो । उहाले दोषिको खोजी भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्