पहिरोका कारण मुगुमा विद्युत सेवा अवरुद्ध



????

न्युज अफ नेपाल,मुगु ।

मुगु सदरमुकाम गमगढीमा गएको एक हप्ता देखि विद्युत सेवा अवरुद्ध छ ।

भारी वर्षाका कारण गमघाट साना जलविद्युत् को मुहान र नहरमा बालुवा , ढुङ्गा र लेतो भरिँदा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक देखि कार्यालय संचालनमा समेत असुविधा भएको छ ।

गमघाट जलविद्युत कार्यालयमा जनशक्ति कमभएकाले अवरोध हटाउन सशस्त्र प्रहरी बलको सहयोग लिएको छ । गत तीन दिन देखि सशस्त्र प्रहरी बल नं ४५ गुल्म हे।क।मुगुबाट १५ जनाको टोलीले अवरोध हटाउने काम गरिरहेको सशस्त्र प्रहरी बल मुगुका प्रमुख खुम बहादुर केसीले जानकारी दिए ।

‘तीन दिन देखि बिहान देखि बेलुकासम्म एक सय मिटर नहर र मुहानसम्म जम्मा भएका बालुवा ,गिट्टीहरू पन्छाएर काम सम्पन्न गरेका छौ’ प्रमुख केसीले भने, ‘जिल्लामा यस्तै प्रकोप खालेमा सशस्त्र प्रहरी बल जिल्लाका हितका लागि स्वतस्फूर्त रुपमा सदैव लागिपरेको छ
पानीको बहाव ठुलो भएकाले स्काभेटरको सहायता पानीलाई कटाउने काम भएको उनले बताए । उनले प्रहरी को सहजिकरणमा हिजोनै नहरमा पानी संचालनमा आएको र मुहानमा काम बाँकी भएकाले शुक्रबार ९आज० काम सम्पन्न गरि बत्ती संचालनमा आउने छ गमघाट जलविद्युतका कार्यालय प्रमुख दिनेश पौडेलले जानकारी दिय।जिल्ला बासि बिजुलि नहुदा निकै सास्ती बेहोरदै आयका छन् ।

प्रतिक्रिया दिनुहोस्