हेटौंडामा प्रतिभा प्रस्फुटन



हेटौंडा, नेस।

राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरले प्रतिभा प्रस्फुटनसहित लाइभ कार्यक्रम सम्पन्न गरेको छ। कोभिडको महामारीमा यसविरुद्ध जनमानसमा हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको हो।

फेसबुकबाट लाइभ गरिएको कार्यक्रममा गायनमा महासंघका इन्चार्ज आशाकाजी श्रेष्ठ, संघ उपाध्यक्ष पूर्णविक्रम अधिकारी, सचिव रेश्मी कार्की, कोषाध्यक्ष रमेश गहतराज, स्थानीय गायक बाबु क्षेत्री, हीरा क्षेत्री, सुनीता बुर्लाकोटी, आशिष अस्लामी, नृत्यतर्फ महासंघ सहसचिव लालबहादुर गुरुङ, सचिवालयका निशा पुडासैनी, स्वास्थ्यकर्मी निर्मला भ्लोनलगायतको प्रस्तुति थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले यस विषम परिस्थितिमा महासंघले समाजलाई गति दिन गरेको सांगीतिक एवम् फेसबुक लाइभ कार्यक्रम प्रशंसायोग्य रहेको बताए । सम्पूर्ण मकवानपुरबासीलाई कोरोनाविरुद्धको लडाइँमा सुरक्षित र सचेत रहन उनले आग्रह गरेका थिए। केही दिनअघि भीम विराग कला प्रतिष्ठानले पनि प्रत्यक्ष सांगीतिक कार्यक्रम गरेको थियो।

प्रतिक्रिया दिनुहोस्