धरानबाट चिसो–चिसो हावा चल्यो



विश्व संगीत दिवसको अवसरमा धरानका गायक रोहित मास्केले आप्mनो नयाँ गीत चिसो—चिसो हावा चल्यो सार्वजनिक गरेका छन्।
मास्केकै युट्युब च्यानलमार्फत लिरिकल भिडियोको रूपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द र संगीत रहेको छ। जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ गरेको गीत रेकर्डिङ धरानमा गरिएको हो।

धरानका पुराना गायक मास्के लामो समयको विदेश बसाइपछि पाँच वर्षदेखि धरानमै आप्mनो व्यवसायसँगै फुर्सदको समयमा संगीतमा सक्रिय हुने गरेका छन्। धरानमा हुने विभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिइरहने गायक मास्केले चिसो—चिसो बोलको गीत पनि धेरैपल्ट गाइसकेका छन्। एक वर्षअघिको कोभिड महामारीमा केही गीत सार्वजनिक गरेका गायक मास्केले एक वर्षपछि नयाँ गीत सार्वजनिक गरेका हुन्। उनी यो गीतको छिट्टै म्युजिक भिडियोसमेत बनाउने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्