पूनम इरोटिक स्टार !



बलिउड मोडल तथा अभिनेत्री पूनम पाण्डे आफ्नो बोल्ड र विवादास्पद अभिव्यक्तिका कारण सधैं चर्चामा आउने गरेकी छिन् । यो उनको विशेषता नै बनेको छ।

उनै विवादास्पद बलिउड सुन्दरी पाण्डेले हालै आफू इरोटिक स्टार भएको बताएकी छिन्। ‘इरोटिक स्टार हुनु धेरै मजेदार कुरा हो’ उनले भनेकी छिन्। पूनमले आपूm इरोटिक स्टार भएको र यसमा इन्जोय गर्ने बताएकी हुन्। उनले आप्mना साथीहरूले आप्mनो भिडियो हेर्ने गरेको र यसलाई लिएर नराम्रो नमानेको उल्लेख गरेकी छिन्। पूनमका अनुसार उनी आफ्नो कामलाई माया गर्छिन् र यसप्रति उनलाई गर्व छ।
उनले अगाडि याद दिलाउँदै भारत कामसूत्रको धर्ति भएको पनि बताएकी छिन्। ‘हामीले आर्टलाई भुलेका छौँ र चिजहरूलाई सस्तो बनाएका छौँ। हामी किताबको बारेमा मानिसलाई बताउन सक्छौँ र त्यस्तै उनीहरूको भिडियोमा छ।’व्यक्तिगत जीवनको कुरा गर्ने हो भने पूनमले आफ्नो प्रेमी सैम बम्बेका साथ २०२०२ सेप्टेम्बरमा बिबाह गरेकी थिइन्। बिहेपश्चात् आएको बदलावका बारेमा पूनमले आफ्नो परिकारमा नुनको प्रयोग गर्ने गरेको र पति राम्रो कुक भएका कारण उनीबाट धेरै कुरा सिकेको बताएकी छिन्। हालै पूनमले आफू गर्भवती भएको खबर भने गलत भएको जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्