प्रेमध्वजको गीत बुनुको स्वरमा



मखमली स्वरका धनी गायक स्व. प्रेमध्वज पन्तको एउटा सदावहार गीत कभर सङका रूपमा डिजिटल बजारमा आएको छ।गायिका बुनु श्रेष्ठले ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई ट्रिब्युट गर्दै उनले गाएको गीतमाथि कभर सङ गाएकी हुन्। प्रेमध्वजको गीत तिमीलाई अचेल कहाँ भेटाै बुनुले आफ्नो स्वरमा रेकर्ड गराएर कभर भिडियोसहित सार्वजनिक गरेकी छिन्।

पछिल्लो समयमा आफ्नो नयाँ गीतसँगै विभिन्न गायन स्रष्टाको गीतको कभर सङ गाउँदै आएकी बुनुको यो गीत स्टुडियो साउन्डमिलको युट्युब च्यानलमार्फत हालै सार्वजनिक भएको हो।गगन विरहीको शब्द र राम थापाको संगीत रहेको यो ट्रिब्युट गीतको म्युजिक भिडियोमा बुनु आफै फिचर्ड छिन्।

 

प्रतिक्रिया दिनुहोस्