अनलाइन एक्टिङ कम्पिटिसन हुने



निषेधाज्ञाका कारण फुर्सदिलो भएर घरमै बसिरहेका तथा अभिनयमा रुचि भएकाहरूका लागि लक्षित गर्दै ग्रेट भिजन नेपालले अनलाइन एक्टिङ कम्पिटिसन आयोजना गर्ने भएको छ।अभिनेत्री मौसमी मल्ल, अभिनेता, मोडल एवम् फेसन कोरियोग्राफर यशराज गराच तथा नृत्य निर्देशक गोविन्द राई निर्णायक रहने उक्त प्रतियोगितामा सबै उमेरका व्यक्तिले भाग लिन सक्नेछन्।

गराचका अनुसार प्रतियोगितामा भाग लिन चाहने सहभागीले आफ्नो अभिनय कला झल्कने दुईदेखि ५ मिनेटसम्मको भिडियो बनाएर ग्रेटभिजन मिडियाको भाइबर, ह्वाटस्एप अथवा इमेलमा पठाउनुपर्नेछ। सहभागी हुन चाहनेले भिडियोमा आफ्नै स्वर प्रयोग गर्नुपर्नेछ। यदि, कुनै संगीत राख्न चाहेमा कपिराइट नलाग्ने संगीत मात्र प्रयोग गर्न सकिनेछ।

आयोजकका अनुसार प्रतियोगिताका विजयीले उपहारस्वरूप नगद रकम, अवार्ड तथा ट्रफीका साथै म्युजिक भिडियो, सर्ट फिल्म तथा वेब सिरिजमा अभिनय गर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्