१०औँ राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु


काठमाडौं ।

लामो प्रतीक्षापछि १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन्। औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीसहितका खेल सञ्चालन हुन लागेका हुन्।

प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन्। अन्य खेल बर्दिया, सल्यान, पश्चिम रुकुम, दैलेख, कालिकोट र नेपालगञ्जमा सञ्चालन हुनेछन्।

प्रतियोगिताका लागि वीरेन्द्रनगरमा आवश्यक तयारी पूरा भएको छ। विभिन्न प्रदेशका खेलाडीहरू पनि वीरेन्द्रनगर पुगिसकेका छन्। सोमबार वीरेन्द्रनगर रंगशालाको उद्घाटन तथा हस्तान्तरण गरिएको थियो।

मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने प्रतियोगिता मङ्सिर २७ गते समापन हुनेछ। लामो समयको प्रतीक्षापछि कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।