काइलीको ओठ सानो भएपछि …



हलिउड टेलिभिजन स्टार एवं अर्बपति काइली जेनर कम उमेरमै ठूलो व्यवसाय खडा गरेर सबैभन्दा बढी कमाउने अभिनेत्रीको लिस्टमा पहिलो नम्बरमा छिन्।

उनले केवल १९ वर्षको उमेरमा काइली लिप किटको नामबाट लिप्स्टिक कम्पनी सुरु गरेकी थिइन्। पछि उनले उक्त कम्पनीको नाम परिवर्तन गरेर काइली कस्मेटिक्स राखेकी थिइन्। उनले हालै आफूले आप्mनो प्रेम जीवनमा प्रेमीका साथ चुम्बन गर्दा आत्मविश्वासमा कमी महसुस गरेको कारण कस्मेटिक कम्पनीको सुरुआत गरेको बताएकी छिन्। चर्चित शो कफी विथ काडर्सीययनको एक एपिसोडमा कुराकानी गर्दै उनले उक्त कुरा भनेकी हुन्। ‘डेटिङ लाइफमा आफूप्रति कन्फिडेन्ट थिइन”। मेरो ओठ निकै सानो थियोे, मलाई विशेषगरी डेटिङको समय पार्टनरसँग चुम्बन गर्दा यस्तो महसुस हुन्थ्यो। त्यो कुरा मैले पहिलो चुम्बनभन्दा अघि महसुस गरेको थिइन”’ उनले भनेकी छिन्— ‘एक दिन एकजना केटाले तिमी राम्रो किसर हौ, तर तिम्रो ओठ निकै सानो छ भनेको थियो।’

उक्त कुराले आफूलाई गहिरो प्रभाव पारेको र कम आत्मविश्वास महशुस भएपछि राम्रो देखिनका लागि कस्मेटिक सामग्रीलाई महŒव दिइने रहेछ भन्ने बुझेर आफूले कस्मेटिक सामग्रीको व्यवसाय शुरू गरेको बताएकी छिन्। काइलीलेपछि आफूले ओठ ठूलो बनाउनका लागि ओठको सर्जरीसमेत गरेको बताएकी छिन्। २४ वर्षीया काइली जेनरको एक छोरी छिन्। काइली आप्mना पूर्वपति ¥यापर ट्र्याबिस स्कटसँग केही महिनाअघि अलग भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्