धोका दियौ फिमेल भर्सनमा



लोकप्रियता कमाउन सफल गीत धोका दियौ अब फिमेल भर्सनमा आएको छ।

फिमेल भर्सनको यो गीत एलिना चौहानले गाएकी छन्।सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका छन्। गीतमाथि आकर्षक म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। म्युजिक भिडियोमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन्। कृतिशाको अलवा म्युजिक भिडियोमा चिरञ्जीवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय रहेको छ।

प्रेमपीडा व्यक्त गरिएको गीतको म्युजिक भिडियोमा प्रेम र प्रेमपीडा कथाको रूपमा प्रस्तुत गरिएको छ। सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्