सुनसरी इनरुवामा रामकृष्ण र रीमा



लोकप्रिय गायक गायिका रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गीतकार तथा संगीतकार उमेश रेग्मीले आप्mनो गृहनगर सुनसरी जिल्लाको सदरमुकाम इनरुवा तथा यसको आसपासका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको गीत सुनसरी इनरुवा गायक गायिका ढकाल र राईको स्वरमा सार्वजनिक गरेका हुन्।

सदरमुकाम इनरुवाको पर्यटकीय प्रवद्र्धन गर्ने उदेश्यका साथ गीत रेकर्ड गरी म्युजिक भिडियो निर्माण गरिएको रेग्मीले बताए। उनले दशकअघि आफ्नै स्वरमा समेत सुनसरी इनरुवा बोलको गीत प्रकाशमाल्याएका थिए। अहिले भने उनले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा युगल गीतको रूपमा गीत तयार गरेका छन्।

सुनसरी इनरुवाको प्रचार प्रसारका लागि गीतमाथि म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। युवराज वाइवाको निर्देशन तथा निलास पौडेलको छायाँकनमा तयार पारिएको म्युजिक भिडियोमा इनरुवाका विभिन्न स्थलसहित रामधुनी, देवीथान, लाटीमाई, कंश मरणलगायतका मठ—मन्दिरको दृश्य समावेश गरिएको छ।म्युजिक भिडियोमा गायक रामकृष्ण ढकाल र मोडल रीमा विश्वकर्माले अभिनय गरेका छन्। विकास दाहालले सम्पादन गरेको म्युजिक भिडियो संगीतकार तथा गीतकार रेग्मीको युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको हो।
गीतले भन्छ
के देख्यौ सानु तिम्ले मभित्र त्यस्तो
गाउँदै हिँड्ने गाउँ शहर म त अल्लारे ठिटो
सुनसरी इनरुवा
घुमेर हेरौंला।

प्रतिक्रिया दिनुहोस्