ला ला ल्यान्ड लिएर आए कपिल



गायक कपिल सापकोटाले आफ्नो नयाँ गीत ला ला ल्यान्ड म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा २ लाख ६० हजारभन्दा धेरै भ्युज पाइसकेको छ।

मेक मनी रेकर्डस्को युट्युब च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियो डिप स्पेस डट कोले निर्माण गरेको छ। गायक सापकोटा फरक–फरक स्वादका गीत गाउन रुचाउँछन् । उनले चाडैं नै अर्को गीत सार्वजनिक गर्ने तयारीमा छन्। ‘मलाई फरक स्वादका गीतहरु गाउन मनपर्छ । दर्शक र शुभचिन्तकहरुको साथले नै संगीतमा लाग्न हौसला मिलिरहेको छ ।’ कपिलल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्