रोगबाट बचेका र भोकले रन्थनिएकालाई सघाउँदै निर्णय



रश्मी थापा

कोरोना भाइरसबाट हुने कोभिड–१९ को दोस्रो महामारीका कारण लगाइएको निषेधाज्ञासँगै रोजगार गुमाएर हातमुख जोर्न समेत समस्यामा रहेका व्यक्ति तथा परिवारको सहयोगमा कलाकर्मीहरुले पनि आफ्नो हात अगाडि बढाइरहेका छन्। यसै क्रममा चर्चित हिपहप गायक तथा -यापर द एनएसके अर्थात निर्णय श्रेष्ठले पनि कोभिडका कारण समस्यामा परेकाहरुलाई सघाइरहेका छन्। गत वर्षको लकडाउनमा धेरैलाई सहयोग पु-याएका निर्णय यसपटक पनि निषेधाज्ञा लागेदेखि सहयोगमा जुटिरहेका छन्।

हिजोआज सहयोगका लागि आएको फोन उठाउने, त्यसअनुरुप सामान खरिद गर्ने, प्याकिङ गर्ने र आवश्यकताअनुसार व्यक्तिहरुमाझ सहयोग पु-याउनु नै निर्णयको दैनिकी बनेको छ। शुरुमा हातेमालो अभियानका सागर कटवालले रकम जम्मा गरेर करिब एक सय परिवारलाई दाल, चामल, तेललगायतका खाद्य सामग्री सहयोग गरेका उनले हालसम्म ५ सयभन्दा बढी परिवारलाई खाद्यान्न तथा काठमाडौंबाहिर धादिङ, अर्घाखाँची लगायतका ५ जिल्लामा अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री पठाएका छन्। पोहोरको निषेधाज्ञाभन्दा यसपटक धेरै मानिसको अवस्था नाजुक रहेको पाएको निर्णयले बताए।पोहोरको लकडाउनमा निम्न वर्गका मानिसलाई मात्र गाह्रो भएको थियो। अहिले हामीलाई दैनिक रुपमा पोहोरको तुलनामा धेरै मानिसको फोन आइरहेको छ। पहिले निम्न वर्गका मानिसहरु समस्यामा परेको पाइएको थियो। तर, कोरोनाको असर दुई वर्षसम्म पनि उस्तै छ। यसपटक मिडल क्लास प्mयामिलीलाई पनि गाह्रो परेको पाइयो निर्णयले सुनाए ञहामीले त्यस्ता धेरै व्यक्ति पनि भेट्यौँ कि जसलाई सहयोगको आवश्यकता पर्ला भनेर सोचेका पनि थिएनौँ। अहिले प्रायः सबैलाई समस्या छ। धेरैको काम बन्द छ। काम गरेकाहरुको पनि स्यालरी रोकिएको छ। काम बन्द भए पनि घर भाडा तिर्नै प-यो। यस्ता कारणले पनि योपटक धेरै नै समस्यामा परेका मानिस भेटियो। लकडाउन खुलेपछि झन् गाह्रो पर्ने अवस्था रहनेछ।

दैनिक सयौं व्यक्तिलाई खाना वितरण गरिरहेको फुड फर लाइफलगायत खाना वितरण गर्ने विभिन्न संस्थालाई तरकारी तथा खाद्यान्न सहयोग गरिरहेका निर्णयले केही दिनअघि पवित्र सेवा नेपालका मानिसलाई खुवाउनका लागि दाल चामललगायत खाद्यान्न हस्तान्तरण गरेका थिए। आफूसँग अझै करिब एक हजार जनाको लिस्ट रहेको र सकेसम्म सबैलाई सहयोग पु-याउने योजना रहेको निर्णयले बताए। ञधेरै त होइन आफूले सकेको सहयोग गरिरहेको छु। शुरुमा म र भाइ सागर कटवालको हातेमालोमार्फत हामीले शुरु गरेको काममा अन्य साथीले पनि केही सहयोग गर्नुभएको छ। कसैले एक बोरा चामल तेल आदि दिनुहुन्छ। एक एक गरेर धेरै हुने त हो नि। यसको साथै कालिमाटी तरकारी बजारले पनि तरकारी सहयोग गरेको छ। त्यस्तै, साथी गोकुल सुवेदीले सामान स्टोरदेखि प्याकिङ गर्नेसम्मका लागि ठाउँको व्यवस्था गरिदिनुभएको छ। नेपाल मानव धर्म सेवा समितिले औषधिलगायत अन्य संस्थाले पनि सहयोगरिदिनुभएको छु उनले भने। कोरोना भाइरसको दोस्रो लहरसँगै कोरोना संक्रमितको चाप बढ्दै जाँदा अस्पतालमा शय्या तथा अक्सिजनको कमि भएपछि आफूलाई विभिन्न व्यक्तिबाट सहयोगका लागि फोनहरु आउने गरेको पनि उनले बताए। ञत्यति बेला बेड मिलाइदिन पर्यो, अक्सिजन मिलाइदिन पर्यो भनेर धेरैजनाको फोन आउँथ्यो। राति २-३ बजेसम्म नसुतेर उहाँहरुको आशा पूरा गर्ने कोसिस गथ्र्यौं। भोलिपल्ट बिहान ६-७ बजे नै फोन आउँथ्यो।

बिहान उठ्दा अक्सिजनको अभावमा मृत्यु भयो भन्ने खबर सुन्दा एक्दम नराम्रो लाग्थ्यो। मेरो कारण उहाँको निधन भएको होइन। तर, सक्दो प्रयास गर्दा पनि बचाउन नसकेकोमा गिल्टी महसुस हुन्थ्यो। म कुन दुनियाँमा छु जस्तो लाग्थ्यो। विडम्बना जनताको हालत त्यस्तो हुँदासम्म सरकार र नेताहरुमा भने अलिकति पनि ध्यान गएको देखिएनु निर्णय असन्तुष्टि व्यक्त गर्छन्।यो समय सबैजना जुटेर सक्नेले समस्यामा परेका व्यक्तिलाई सहयोगर्नुपर्ने निर्णयको भनाइ छ। ञहाम्रो सानो–सानो कन्टिझब्युसनले नै धेरै हुने हो। यो सबैले आ–आफ्नो तर्फबाट देशको लागि हातोमालो गर्ने समय हो। अहिले पहिलेको भन्दा धेरै राम्रो हुँदै गएको छ, बिरामी र संक्रमितको संख्या पनि कम हुँदै गएको छ। हाम्रो देशलाई भगवान् पशुपतिनाथले बचाउनुभएको देश भनिन्छ। साँच्चै हो रहेछ जस्तो लाग्छु उनी भन्छन्। सन् २००५ देदि निर्णय एनएसके टुर फर एजुकेसन अभियानमार्फत दुरदराजका बालबालिकाको शिक्षामा सहयोग पु-याउँदै आएका निर्णयले लक डाउनका केही समययता भौतिकरुपमा उक्त कार्यक्रमलाई निरन्तरता दिन नपाए पनि केही विकट स्थानमा शैक्षिक सामग्री पठाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्