थुनियो मर्स्याङ्दी नदी



न्युज अफ नेपाल, काठमाडौं ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकास्थित हुम्डे एयरपोर्ट क्षेत्रको केही माथि चामे लगायतको क्षेत्रमा मस्र्याङ्दी थुनिएको छ । चामे क्षेत्रमा मस्र्याङ्दी नदीमा पानीको सतह बढेसँगै माथिल्लो क्षेत्रमा पहिरोका कारण सडकहरु भासिँदै गएको हो ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हुम्देब एयरपोर्ट माथिल्लो क्षेत्रमा सडक जोखिममा परेको छ । माथिल्लो क्षेत्रमा थुनिएको नदी खोल्न थालिएकाले तलसम्म आइपुग्दा केही सतहमा बाढी देखिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्