मोबाइल चार्ज गर्दा करेण्ट लागेर मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । पश्चिम पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखराकी ३५ वर्षीया नीरा विकको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा बिहान घाईते भएकी विकको तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो भयो । मोबाइलको पछाडीको भागमा रहेको धातुमा सर्ट हुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा गित बजाउनको लागी बुफरको तार बिद्युतको बोर्डमा जोडने क्रममा नाङ्गो हातले अचानक तारमा छुन गई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्