बाढी–पहिरोको पीडा



असार लाग्ना साथ शुरू भएको मनसुनले मुलुकको झण्डै एक दर्जन जिल्लाका भौतिक संरचनामा गम्भीर असर पारेको छ । यतिखेर बाढी प्रभावित अधिकांश जिल्लाका धेरै बजार र गाउँहरू अन्धकार छन् । बाढी पहिरोकै कारण जिल्लाकाअ धिकांश पुल भत्किएका छन् । जिल्ला स्थित विद्युत्गृहहरू क्षति ग्रस्त भएका छन् । हजारौं नागरिक घरबार विहीन छन् । सयौंको संख्यामा घर–टहरा भत्किएका छन् । ती जिल्लाका स्थानीय वासीत्रासका कारण सुत्न सकेका छैनन् । रुवावासीग र्दै दिन–रात बितिरहेको छ ।

यतिखेर उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रप्रहरी बल ज्यान जोखिममा हालेर जुटिरहेका छन् । दैवी प्रकोपका बेला सदा अग्रस्थानमा रहँदै आएका हाम्रा सुरक्षा निकायले यसपटक पनि उदाहरणीय कार्य गरेका छन् । राजनीतिक दलका युवाहरू पनि सहयोगमाहात बढाइरहेका छन् । तर, उद्धार र राहतको जुन परिमाणमा आवश्यकता छ, त्यो पूरा हुन सकेको छैन । सरकारले पर्याप्तमात्रामा राहतदिन सकेको छैन । दलकानेताले राहतउपलब्ध गराएको जनाए,तापनि आफ्ना कार्यकर्ताको हातमामात्रपार्ने गरेको गुनासो बाहिर आएको छ । जनताभोकभोकै मर्न थाल्दा सरकार जुन परिमाणमा संवेदनशीलहुनुपथ्र्यो,भएको छैन । भूकम्पले थिलोथिलो पारेको सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी असर पु-याएको छ । म्याग्दी, मनाङ, जाजरकोट, चितवन, बारा पर्सा लगायतकाजिल्लाकाखोलाकिनारामाबस्ने अधिकांश घरवारविहीनभएका छन् । सरकारले विपद्को पूर्वतयारी नगर्दा अधिकांश बाढी–पहिरो पीडित वर्षेनी समस्यामापर्नेगरेका छन् । हरेकवर्ष यस प्रकारको प्राकृतिकविनास गर्ने विषयमा सरकार अनभिज्ञ छैन ।

समयमै पूर्वतयारी नगर्दा वर्षेनी ठूलो धनजनको क्षतिहुनेगरेको छ । मनसुन शुरू हुनासाथ आएको बाढी–पहिरोले गरेको क्षतिले आगामीदिनमाअझ बढी संकट थपिने त्रास बढेको छ ।एकातिर कोरोनाको महामारी, अर्कातिर बाढी पहिरोको भारी– नेपालीहरू साँच्चिकै समस्यामा छन् । अधिकांश पीडित–प्रभावितजनतायतिखेर सरकार र दलहरू राजनीतिकचलखेललाई जहाँको त्यहीं रोकेर तत्कालीन समस्या समाधानमा लागून् भन्ने कामना गरिरहेका छन्, तर त्यस प्रकारको व्यवहार देख्न पाइएको छैन । विगतवर्षहरूमाजस्तो बाह्य सहयोगको सम्भावनापनि यसपटक न्यून छ । यसमाथि,राहतवितरणमा विकृति देखिएको छ । एकातिर मनपरी चन्दा उठाउने कामभईरहेको छ भने, अर्कातिर त्यसको ठीक वितरण भएको प्रमाणित गर्ने सूचकहरूप्रति बेवास्तागरिएको छ ।स्थानीय प्रशासनले राहत व्यवस्थापन गर्न नसक्दा पीडित नागरिक अझ बढी पीडित बनेका छन् । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बाढी पहिरोले बढी क्षति पु-याउने अनुमान गरिसकेको बेला प्रधानमन्त्री केपी ओली भने यसपटक तराई डुबानमा नपर्ने दाबी गरिरहेका छन् । जब ‘घरमा लाग्यो आगो अनि कुवा खन्न थाल्यो’ गरेर समस्या समाधानहुने होइन । खोलानाला र पहाड पखेराको मुलुक नेपालमा बाढी–पहिरो अभिशाप हुने गर्छ भन्ने सत्य बुझेर दीर्घकालीन समाधानको योजना बनाउने बुद्धि नपलाउनु सरकारका लागि लज्जाको विषयहो ।

प्रतिक्रिया दिनुहोस्