कोरोना संक्रमणबाट असईको मृत्यु



न्युज अफ नेपाल, जनकपुर ।

कोरोना संक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक असइको मृत्यु भएको छ । कोरोना संक्रमित असइको उपचारका क्रममा निधन भएको हो । महोत्तरीको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय असइकोको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

सुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनको पछि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भैरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्