ब्लड बैंक भवन स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले रेडक्रसलाई जग्गा दिने



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाले ब्लड बैंक स्थापनका लागि जग्गा उपलब्ध गराउने भएको छ । जग्गा उपलध गराउने बिषयमा बिहीबार वीरगन्ज महानगरपालिका र रेडक्रस सोसाइटी पर्सा शाखाकाबीमा संझौता भएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको उपस्थितिमा रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेल र वीरगन्ज महानगरपालिकाका तर्फबाट प्रमुख प्रसाशकीय अधिकृत प्रदीप निरौलाबीच संझौता भएको छ ।

संझौता अनुसार महानगरपालिकाले वडा नम्बर २ मा मालपोत कार्यालय नजिक रहेको कित्ता नम्बर २१ र ५६ को जग्गा उपलब्ध गराउने छ । मुख्य सडकसँग जोडिएको सो जग्गामा ब्लड बैंक स्थापना गर्नका लागि भवन बनाउने कार्य तत्काल नै शुरु गरिने र पार्किग् लगायतका अन्य ब्यवस्थापीय कार्य पनि ब्लड बैंकले नै गर्ने सहमति भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्